मनोरञ्जन

नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।

नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
बैशाख ४ 
नेपाली सिने जगतमा खेलमा आधारित चलचित्रहरु औँलामा गन्न सकिनेमात्र निर्माण भएका छन् । जसमध्ये एक हो चलचित्र ‘डमरुको डण्डीबियो’ । बैशाख २१ गते बाट अलनेपाल रिलिज हुन लागेको यो चलचित्रको ट्रेलर निकै रुचाईएको छ । ‘पशुपती प्रसाद’ बाट एकाएक चम्केका नायक खगेन्द्र लामिछाने को मुख्य अभिनय रहेको ‘डमरुको डण्डीबियो’ ले हालैमात्र मोफसल प्रमोसन सकेर फर्किएएको छ । प्रमोसनको लागि निर्माणले गजबको काईदा पनि अपनाएको छ ।
प्रमोसनकै लागि निर्माण युनिटले गत सातादेखि राजधानीका मूख्य(मूख्य मल र चोकमा ठ्याक लगाउने प्रतिस्पर्धा पनि गराईरहेको छ । खगेन्द्रको चलचित्र भनेपछि आफै पनि चर्चामा रहने गर्छ त्यसमा पनि नेपालीहरुमाझ लोकप्रिय तर हाल लोप हुँदै गईरहेको डण्डीबियो खेलमाथि निर्माण गरिएको यस चलचित्रले डण्डीबियो खेललाई राष्ट्रिय खेलबाट हटाएको कुरालाई समेत चलचित्रले उठाएको छ ।
चलचित्रमा डण्डीबियो खेल्ने निर्णय लिएपछि खगेन्द्रको जीवनमा आउने उतारचढावलाई देखाइएको छ । छेतेन गुरुङले निर्देशन गरेको यस चलचित्रमा खगेन्द्रसंगै मेनुका प्रधान, अनुप बराल, वुद्धि तामाङ, लक्ष्मी बर्देवा, नन्दन थापा, इन्नी होवो, रश्मी पाण्डे, जीवन थापा, लक्ष्मण विक्रम बस्नेत, अंकित खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
१ करोड ५० लाखको बजेटमा निर्माण भएको यस चलचित्रमा विनोद गुरुङ र सुमी श्रेष्ठ घलेको लगानीमा रहेको छ । चलचित्रमा खगेन्द्रसंगै छेतनले पनि कथा लेखनमा सहकार्य गरेका छन् । । खगेन्द्रको चलचित्र भनेपछि नेपाली चलचित्र प्रेमीहरुमाझ बेग्लै किसिमको आर्कषण हुने गर्छ सोही कारण बैशाख २१ गते नै नेपालसंगै अष्ट्रेलियामा पनि यो चलचित्र रिलिज हुने भएको छ ।