खेलकुद

जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट

कालिका, बैशाख ३ ।
आगामी बैशाख७गतेबाट भरतपुरमाहुने जिल्ला स्तरीय खेलकुदप्रतियोगिका लागिभएको छनोट खेल सोमबाबाट सकिएका छन । दसौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत क्षेत्रीय खेलहरुके छनोट गरिएको थियो ।
 
आइतबार र सोमबार क्षेत्र नम्बर ३ को शारदानगरमा भएको प्रतियोगिताबाट दुई सय ५८ जनाविद्यार्थीहरु जिल्ला स्तरीय खेलको लागि छनौट भएका छन् । प्रतियोगिता अन्तर्गत एथलेटिक्टसका १३ वटा विधा, कबड्डी र भलिबलका खेलहरु भएकाथिए । क्षेत्रनम्बर ३ माजानकीमावि अगाडि भएको छ । 
 
तीन वटै क्षेत्रका क्षेत्रीय खेलहरु सकिएकाले अबजिल्ला स्तरीय खेलको लागितयारी सुरु गरिने जिल्ला खेलकुदविकास समिति चितवनका अध्यक्षगंगालाल लामाले बताए । क्षेत्रीय खेलकुदमाभएका सबै विधाका खेलका साथै मार्सल आर्टको खेल समेत जिल्ला स्तरीय प्रतियोगितामा समावेश गरिने लामाको भनाइ छ ।