अन्तर्राष्ट्रिय

भारतीय राजधानीनजिकै पत्रकारमाथि गोली प्रहार

भारतीय राजधानीनजिकै पत्रकारमाथि गोली प्रहार
नयाँदिल्ली, २६ चैत, रासस ÷सिन्ह्वा
भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ 
 
नयाँ दिल्लीको बाहिरी इलाकामा अवस्थित उत्तर प्रदेशको घाजीयावाद रेहेको पत्रकार अनुज चौथरीको घरमा नै आइतबार साँझ गोली प्रहार गरिएको छ । अनुज हिन्दी न्युज टेलिभिजन च्यानलमा कार्यरत रहेका जनाइएको छ । आइतबार साँझ मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अनुजको पेट र दाँहिने हातमा गोली प्रहार गरेका थिए । उनको हाल अस्पतालमा उपचार भइरहेको बताइएको छ । 
 
अनुज साहारा समय भन्ने हिन्दी टेलिभिजन न्युज ज्यानलमा कार्यरत छन् । पत्रकारमाथि भएको सो आक्रमणको अनुसन्धान जारी रहेको बताइएको छ । चौथरीका श्रीमती भारतको बहुजान समाज पार्टी ९बिएसपी० का स्थानीय सदस्य हुन । उनले उत्तर प्रदेशस्थित लाखांै तल्लो जाती दलितको समर्थनमा कार्य गर्दै आएकी बताइएको छ