अन्तर्राष्ट्रिय

इराकी हिंसामा १० जना मारिए

इराकी हिंसामा १० जना मारिए
बग्दाद, २३ चैत, रासस÷सिन्ह्वा
इराकको किर्कुक र दियाला प्रान्तमा बिहीबार साँझ भएका दुई वटा आकस्मिक हिंसात्मक घटनामा परी १० जनाको मृत्यु भएको छ । यी मारिएकामा हसद साबीका छजना लडाकूको शव भेटिएको सुरक्षा अधिकारीहरुले पुष्टि गरेका छन् । उनीहरुलाई बन्दुकधारीहरुले केही दिन अघिमात्र अपहरण गरेका थिए । 
 
मारिएकामा ती अपहरणमा परेका व्यक्तिका साथै अरु पनि सर्वसाधारण भएको अनुमान गरिएको छ । प्रहरीले मारिनेमा सर्वसाधारण नागरिक परेका बताएको छ । त्यसैगरी इराकको पूर्वी प्रान्त दियालामा इस्लामिक स्टेट ९आइएस० लडाकूहरुले हिम्रिन क्षेत्रमा सडकमा गुडिरहेको एक सर्वसाधारणको कारमा गोली प्रहार गरेका थिए । 
 
आक्रमणमा परेको कारमा सवार चारजनाको मृत्यु भएको छ । मृतकमध्ये एक महिला र अर्का एकजना बालक रहेको बताइएको छ । त्यसमा परी अरु दुईजना घाइते भएका छन् । त्यो कारमा उनीहरुले किन हमला गरेका थिए भन्ने बारेमा भने केही बताइएको छैन । उक्त कारमा एकै परिवारका व्यक्ति रहेको सो समाचारमा जनाइएको छ ।