अन्तर्राष्ट्रिय

बोलिभियामा ६।८ म्याग्निच्युडको भूकम्प

बोलिभियामा ६।८ म्याग्निच्युडको भूकम्प
वासिङटन, २० चैत, रासस÷सिन्ह्वा
बोलिभियामा सोमबार ६।८ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था ९युएसजिएस० ले जानकारी दिएको छ । 
 
यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल साल्भाडोरमा पनि परेको बताइएको छ । बोलिभिया शहरबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको यो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १०ः४० मा गएको बताइएको छ । 
 
दक्षिण अमेरिकी यस देशमा आएको शक्तिशाली भूकम्पपछि मानवीय र सम्पत्तिको क्षति भएको समाचार हालसम्म प्राप्त नभएको बोलिभियाको भूकम्पमा विभागले जानकारी दिएको छ । तर भूकम्प शक्तिशाली भएकोले क्षतिको ठूलो सम्भावना रहेको र यसको खोजी जारी रहेको सरकारी अधिकारीको भनाइ रहेको छ । 
 
ब्राजिलमा पनि यो भूकम्पको ठूलो धक्का महसुश गरिएको अधिकारीहरुको भनाइ छ । विशेषगरी साओ पाउलो र ब्रासिलियाजस्ता राज्यको आवासीय र कार्यालय भवनहरुमा भूकम्पको महसुश गरिएको बाताइको छ ।