प्रभास

प्रेमलाई बचाउन रु एक लाख ७० हजार

प्रेमलाई बचाउन रु एक लाख ७० हजार
इलाम, १६ चैत,रासस
साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । 
 
मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको रु एक लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो । उक्त संकलित रकम इलाम प्रदेश नं २ का सांसद धीरेन्द्र शर्माले अभियानलाई हस्तान्तरण गर्नुभयो ।
 
सो अवसरमा उहाँले राईलाई साउदी जेलबाट छुटाउन आफूलगायत सरकारले समेत पहल गर्ने बताउनुभयो । सन् २०१२ मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेम बिदामा घर आएर पुनः सन् २०१६ मा साउदी गई कम्पनीको गाडी चलाएका बेला उनले चलाएको गाडी बाटैबाट हराएको थियो । 
 
गाडीमा रहेको केवलतार हराएपछि उनलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो । सो सजाय भुक्तान गरी घर फर्कने क्रममा पुनः पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियल ९नेपाली रु ९५ लाख० जरिवाना लगाएको थियो । फैसलाबमोजिमको रकम नबुझाएसम्म कारागारनै बस्नुपर्ने भएकाले उनको जीवन रक्षाका लागि अभियान सञ्चालन भइरहेको छ । 
 
प्रेमको पीडादायी अवस्थाको समाचार बाहिर आएलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन भइरहेको अभियान दानाबारीका संयोजक दुर्गाराज शंकरले बताउनुभयो ।