अन्तर्राष्ट्रिय

मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री वासिङ्टनमा

मलेसिया र इन्डोनेसियाका विदेशमन्त्री वासिङ्टनमा
वासिङ्टन, १३ चैत,रासस÷सिन्ह्वा 
अमेरिकी उपविदेशमन्त्री जोन सुलिभ्यानले सोमबार मलेसिया र इन्डोनेसियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
 
मलेसियाका विदेश मन्त्री अनीफाह अमान र इन्डोनेसियाका विदेश मन्त्री रेत्नो मर्सुदी जोनसँग उहाँले सोमबार छुट्टाछुट्टै भेटवार्ता गर्नु भएको हो । 
 
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता हैदर नावेर्तकाअनुसार सुलिभ्यान र अमानबीच अमेरिका र मलेसियाबीचको साझेदारी र कुटनैतिक क्षेत्रका साथै आर्थिक र सुरक्षा व्यवस्थाबारे वार्ता भएको थियो ।
 
त्यसैगरी मर्सुदी र सुलिभ्यानबीच भएको भेटवार्तामा पनि दुई देशबीचको सम्बन्धलाई थप सुमधुर र विस्तार गर्ने तथा अन्य अन्तरराष्ट्रिय मुद्दामा समेत वार्ता भएको बताइएको छ ।