अन्तर्राष्ट्रिय

फ्रान्सेली पूर्व राष्ट्रपति सार्कोजी प्रहरी नियन्त्रणमा

फ्रान्सेली पूर्व राष्ट्रपति सार्कोजी प्रहरी नियन्त्रणमा
पेरिस, ६ चैत,रासस÷सिन्ह्वा
फ्रान्सेली पूर्व राष्ट्रपति निकोलास सार्कोजीलाई प्रहरीले नियन्त्रणमा लिएको समाचार छ । 
 
न्यायिक निकायका एकजना अधिकारीलाई उद्धृतगर्दै फ्रान्सेली सञ्चारमाध्यमहरुले सो समाचार दिएका छन् । 
 
निर्वाचनसम्बन्धी खर्चको बारेमा अनुसन्धानको घेरामा पर्नुभएका उहाँलाई सोही मुद्दामा थप अनुसन्धानका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको ती अधिकारीले जनाएका छन् ।