अन्तर्राष्ट्रिय

अफगानिस्तानमा १४ लडाकू मारिए

अफगानिस्तानमा १४ लडाकू मारिए
लश्कर गाह, अफगानिस्तान, २६ फागुन,रासस÷सिन्ह्वा
अफगानिस्तानको हेल्मड प्रान्तमा सरकारी सुरक्षा निकायहरुले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा १४ जना लडाकू मारिएका छन् । 
 
घटनामा अन्य १२ जना घाइते भएको अफगानिस्तानको रक्षा मन्त्रालयले शनिबार वक्तव्य मार्फत् जानकारी दिएको छ । 
 
“हवाई सुरक्षा बलको सहयोगमा अफगान राष्ट्रिय सेनाले गरेको सुरक्षा कारबाहीमा परी हेल्मड प्रान्तको नाहरी सार्राज र छिमेकी ग्रेस्क जिल्ला शुक्रबार १४ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन्,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ ।