अन्तर्राष्ट्रिय

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

सोल, १५ फागुन ९रासस÷एएफपी

दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ । 

यहाँका सरकारी वकिलले पूर्व राष्ट्रपति हाइले गरेको भ्रष्टाचार र शक्तिको दुरुपयोगको विषयमा गरिएको लामो समयको अनुसन्धानपछि उहाँलाई ३० वर्षको जेल सजाय हुनुपर्ने माग गरेका हुन् । पार्क ६६ वर्षकी हुनुहुन्छ । उहाँले भ्रष्टाचार गरेको र आफू राष्ट्रपति रहँदा शक्तिको दुरुपयोग गरेको आरोपमा मुद्दा चलिरहेको छ । 

सो मुद्दामा गएको करिब एक वर्षदेखि सुनुवाई जारी रहेको छ । गत वर्षको मार्च महिनामा उहाँमाथि भ्रष्टाचारको आरोप लागेको थियो । उक्त मुद्दाको सुनुवाई दक्षिण कोरियाको सर्वोच्च अदालतमा जारी छ । उहाँलाई गएको वर्षदिनदेखि प्रहरी हिरासदमा राखिएको छ । 

भ्रष्टाचारको संलग्नता यहाँको प्रारम्भिक अदालतले प्रमाणित गरेपछि उहाँलाई संसदमा महाभियोग लगाएर बर्खास्त गरिएको थियो । दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति उहाँ यसरी महाअभियोग लगाएर निकालिएको पनि यस देशको पहिलो राष्ट्रपति नै हुनुहुन्छ ।