अन्तर्राष्ट्रिय

चर्चित भारतीय नायिका श्रीदेवीको निधन ।

चर्चित भारतीय नायिका श्रीदेवीको निधन ।
फागुन १३ –
चर्चित भारतीय अभिनेत्री श्रीदेवीको निधन भएको छ । 
 
वैवाहिक समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर श्रीदेवीको निधन भएको हो।
श्रीदेवीको ५४ बर्षको उमेरमा निधन भएको हो । फ्रेब्ररी २५ शनिवार राति ११ः०० देखि ११ः३० बीचको समयमा युएईमा हृदयघातबाट उनको निधन भएको जनाइएको छ ।
 
सन् १९६३ अगस्ट १३ तारिखमा भारतको तामिलनाडुमा जन्मिएकी श्रीदेवीले झण्डै चार वर्षकी हुँदै तमिल चलचित्र कंधन करुणईमा अभिनय गरेकी थिईन् । उनले ३ सय भन्दा धेरै चलचित्रमा अभिनय गरेकी छिन् ।
 
श्रीदेवीले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत दर्जनौ हिट चलचित्रमा अभिनय गरेकी छिन् ।  श्रीदेवी विवाह समारोहमा भाग लिन पति बोनी कपुर र कान्छी छोरीका साथ युएई गएकी थिइन् ।