अन्तर्राष्ट्रिय

अफगान शरणार्थी फिर्ता

अफगान शरणार्थी फिर्ता
काबुल ९ फागुन,रासस÷सिन्ह्वा
पाकिस्तान र इरानमा शरणार्थी जीवन यापन गरिरहेका ७६ हजार ४ सय भन्दा बढी अफगान शरणार्थीहरु आफना देशमा फिर्ता भएका छन् । 
 
यस बर्षको सुरुदेखि हालसम्म ७६ हजार ४ सय व्यक्ति पाकिस्तान र इरानबाट फिर्ता भएका आप्रवासन सम्बन्धि राष्ट्रसंघीय निकाय ९आइओएम० बुधबार जानकारी दिएको छ ।
 
सन् २०१८ को जनवरीदेखि हालसम्म पाकिस्तानबाट ३ हजार ३२ जना अफगान शरणार्थी फिर्किएका छन् । त्यसगरी इरानबाट ७३ हजार ३९० अफगान शरणार्थी फिर्ता भएका आइओएमले जानकारी दिएको छ । 
 
सो निकायका सरकारी तथ्याङ्का अनुसार गएको एक हप्तामा अर्थात फेब्रुअरी ११ बाट १७ सम्म कागजपत्र नभएका २९९ जना पाकिस्तानबाट र ११ हजार २३६ जना इरानबाट अफगान शरणार्थी फकिएका थिए । 
 
यस अघि सोही निकायले दिएको जानकारी अनुसार पाकिस्तानबाट ९० प्रतिशत र इरानबाट चार प्रतिशत अफगान शरणार्थी आफ्नो भूमिमा फिर्किएका सो निकायले तथ्याङ्क दिईसकेको थियो ।