निर्वाचन विशेष

समानुपातिकको मतगणना सकियो।

समानुपातिकको मतगणना सकियो।
काठमाडौं, पुस २ ।
समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै नेकपा एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको छ ।
 
यस्तै दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ मत पाएको छ । तेश्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १३ लाख ३ हजार ७ सय २१ मत पाएको छ ।
 
यस्तै चौथो स्थानमा रहेको राष्ट्रिय जनता पार्टी नेपाल चार लाख ७२ हजार २ सय ५४ र पाँचौ स्थानको संघीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार २ सय १ मत प्राप्त गरेको छ । अन्तिम समयसम्म चौथो स्थानमा रहेको समाजवादी फोरमलाई राजपाले उछिनेको हो । यी पाँच दल मात्र राष्ट्रिय दल बनेका छन् ।
 
राष्ट्रिय दल बन्न नपाएका दलहरुमध्ये सबैभन्दा धेरै मत विवेकशील साझा पार्टीले ल्याएको छ । विवेकशीलले दुई लाख १२ हजार ३ सय ६३ र राप्रपाले एक लाख ९६ हजार ७ सय ८२ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ । राप्रपा प्रजातान्त्रिकले भने ८८ हजार ३ सय ७७, नयाँ शक्ति पार्टी नेपालले ८१ हजार ८ सय ३७ र राष्ट्रिय जनमोर्चाले ६२ हजार १ सय ३४ मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेसभा सदस्य चुनावमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएको थियो ।