निर्वाचन विशेष

समानुपातिकमा नेपाली काँग्रेस पहिलो

समानुपातिकमा नेपाली काँग्रेस पहिलो
बझाङ, २७ मंसिर,रासस
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबैभन्दा बढी मत ल्याएर बझाङमा नेपाली काँग्रेस पहिलो भएको छ । 
 
प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा काँग्रेसले २४ हजार ७७९ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमाले २४ हजार ४७७ र नेकपा ९माओवादी केन्द्र०ले आठ हजार ६५३ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । 
 
यसैगरी प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत काँगे्रसले २२ हजार ९६४ मत प्राप्त गरी पहिलो भएको छ भने एमालेले २० हजार ८०६ र मओवादी केन्द्रले १० हजार ६३५ मत पाएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।