निर्वाचन विशेष

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो

कास्कीको प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा एमाले पहिलो

पोखरा, २७ मंसिर,रासस

प्रतिनिधिसभाका तीनवटै सिट जितेको नेकपा ९एमाले० कास्कीको प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्पm पनि पहिलो पार्टी बनेको छ । एमालेले ८२ हजार ६५८ मत ल्याएको छ भने नेपाली काँग्रेसले ६० हजार ७८९ मत ल्याएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताउनुभएको छ । 

नेकपा ९माओवादी केन्द्र०ले १३ हजार ८८१, विवेकशील साझा पार्टीले सात हजार ३२७, राप्रपाले तीन हजार ३३३, संघीय समाजवादी फोरम नेपालले एक हजार ३८७ र नयाँ शक्तिले एक हजार १६३ मत ल्याएका छन् । समानुपातिकतर्पm सात हजार २६१ मत बदर भएको थियो । 

यस्तै प्रदेशसभातर्पm एमालेले ७७ हजार ४८७, नेपाली काँग्रेसले ५८ हजार १७२, माओवादी केन्द्रले १६ हजार ५४५, विवेकशील साझा पार्टीले पाँच हजार ६२४, राप्रपाले तीन हजार ६१०, संघीय समाजवादी फोरमले एक हजार ८५१ र नयाँ शक्ति पार्टीले एक हजार ५३६ मत ल्याएका छन् । प्रदेशसभामा सात हजार २७१ मत बदर भएको छ । 

कूल दुई लाख ५५ हजार ४५२ मतदाता रहेको कास्कीमा प्रदेशसभा र प्रतिनिधिसभामा गरी दुवैमा एक लाख ८० हजार ५७३ मत खसेको थियो । निर्वाचनमा एक लाख ७३ हजार ३१२ मत सदर भएको थियो । जिल्लाभरको समानुपातिकमा ४९ र प्रदेशमा २० दल सहभागी भएका थिए ।  ​