निर्वाचन विशेष

बर्दियामा समानुपातिकतर्फ काँग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर

बर्दियामा समानुपातिकतर्फ काँग्रेस पहिलो, प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर

बर्दिया, २७ मंसिर,रासस

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिकतर्फ बर्दियामा नेपाली काँगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । 

दुई लाख ७२ हजार ४७७ कूल मतदातामध्ये एक लाख ९० हजार ८१२ मत खसेको मतगणना हुँदा समानुपातिकतर्फ सबैभन्दा बढी मत ल्याएर काँग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधिसभातर्फ एमालेभन्दा १९ हजार ३६१ मतले काँग्रेस अघि छ । प्रतिनिधिसभातर्फ काँग्रसले ६६ हजार ८९ र प्रदेशसभातर्फ ६० हजार ४५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो । 

एमालेले प्रतिनिधिसभातर्फ ४६ हजार ७२८ र प्रदेशसभातर्फ ४४ हजार ११४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फ ४५ हजार ६९८ र प्रदेशसभातर्फ ४४ हजार ३२८ मत प्राप्त गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा तीन हजार ९४९ र प्रदेशसभामा तीन हजार ५६४ तथा विवेकशील साझा पार्टीले प्रतिनिधिसभामा एक हजार ४१२ र प्रदेशसभातर्फ एक हजार २६ मत प्राप्त गरेको छ । 

यसैगरी राष्ट्रिय प्रजातन्त्र ९प्रजातान्त्रिक० पार्टीले प्रतिनिधिसभातर्फ एक हजार २७७ र प्रदेशसभातर्फ एक हजार २७७, एकल चिह्न हँसिया ताराले प्रतिनिधिसभातर्फ ९७० र प्रदेशसभातर्फ ८७९ तथा संघीय समाजवादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभातर्फ ७२९ मत ल्याएको छ । 

बर्दियामा समानुपातिकको प्रतिनिधिसभातर्फ १९ हजार ८११ मत बदर भएको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा ११ हजार ३७७ मत बदर भएको छ । 

यस्तै प्रदेशसभा १ ९क०मा सात हजार ३९ र प्रदेससभा १ ९ख०मा एक हजार आठ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी देवराज भारतीले जानकारी दिनुभयो । 

प्रदेशसभा २ ९क०मा ६ हजार ९६२ र प्रदेससभा २ ९ख०मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी इन्द्रकुमार कार्कीले बताउनुभयो ।