निर्वाचन विशेष

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

कालीकोटमा समानुपातिकमा माओवादी केन्द्र अगाडि

कालीकोट, २७ मंसिर,रासस 

पहिलो चरणमा भएको निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभाको। समानुपातिक तर्फको मतगणनाअनुसार कालीकोटमा नेकपा ९माओवादी केन्द्र०ले सबैभन्दा बढी मत प्राप्त गरेको छ । 

नेकपा ९माओवादी केन्द्र०ले प्रतिनिधिसभामा ११ हजार ४८० मत ल्याएको छ भने नेकपा ९एमाले०ले १० हजार ९७८, नेपाली काँग्रेसले छ हजार ५०३, राप्रपा दुई हजार ८५१ र राप्रपा ९प्रजातान्त्रिक० एक हजार ६४० मत ल्याएको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताउनुभएको छ । 

उहाँले प्रदेशसभा ९क०मा नेकपा ९माओवादी केन्द्र०को चार हजार ७९७, एमाले चार हजार ६०० र नेपाली काँग्रेसलाई एक हजार ५६० मत प्राप्त भएको बताउनुभयो । त्यसैगरी, प्रदेशसभा क्षेत्र ९ख०मा माओवादी केन्द्रले छ हजार १८, एमाले पाँच हजार ४३९ र काँग्रेसले चार हजार ५७० मत प्राप्त गरेका छन् । कालीकोटमा समानुपातिकतर्फ ४२ हजार ७४० मत खसेको थियो । 

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रका दुर्गबहादुर रावत, प्रदेशसभा ९क०मा एमालेका कुर्मराज शाही र प्रदेशसभा ९ख०मा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही विजयी हुनु भएको थियो ।