निर्वाचन विशेष

समानुपातिकमा नेकपा ९एमाले० अगाडि

समानुपातिकमा नेकपा ९एमाले० अगाडि

इलाम, २७ मंसिर रासस

समानुपातिक मतमा इलाममा नेकपा ९एमाले० पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा गरी दुवैतर्फ एमालेले बढी मत पाएको छ । 

प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा १० हजार ९१३ मतगणना भइसक्दा एमालेले पाँच हजार ४५४ मत, नेपाली काँग्रेसले दुई हजार ९५८ मत र नेकपा ९माओवादी केन्द्र०ले ७४१ मत पाएको छ । 

प्रदेशसभा—२ ९क० मा एमालेले एक हजार ८५६ मत, काँग्रेसले एक हजार २१२ मत र माओवादी केन्द्रले २०५ मत पाएका छन् । संघीय समाजवादी फोरम नेपालको ३३०, राप्रपा ९गाई० को १९३, र कुखुराको भाले चिन्हमा १६५ छ । अन्य दलको ५० भन्दा नै तल मत आएको छ भने केही दलले एकै मत पनि प्राप्त गरेका छैनन् । 

त्यसैगरी, प्रदेशसभा २ ९ख० मा एमालेले तीन हजार २६९ मत, काँग्रेसले एक हजार ५१८ मत र माओवादी केन्द्रले ५८६ मत पाएको निर्वाचन अधिकृत फणीन्द्र भट्टराईले जानकारी दिनुभयो । 

प्रतिनिधिसभातर्फ क्षेत्र नं २ मा १० हजार २१२ मत गणना भइसक्दा एमालेले चार हजार ८१९ मत, काँग्रेसले तीन हजार ४८१ र माओवादी केन्द्रले ६५३ मत प्राप्त गरेको छ । 

प्रदेशसभा २ ९क० मा एमालेले दुई हजार २८१ मत, काँग्रेसले एक हजार ९६३ र माओवादी केन्द्रले २८६ मत प्राप्त गरेको छ । 

प्रदेशसभा २ ९ख० मा एमालेले दुई हजार १६३ मत, काँग्रेसले एक हजार ३१६ र माओवादी केन्द्रले ५२९ मत प्राप्त गरेको निर्वाचन अधिकृत जगदिश्वर भट्टराईले जानकारी दिनुभयो । भोलि बेलुकीसम्ममा सबै क्षेत्रको मतगणना सम्पन्न गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

इलाममा प्रतिनिधिसभाका दुई र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्रमा वाम गठबन्धनले सबै स्थान जितेको छ ।