निर्वाचन विशेष

प्रतिनिधिसभा तर्फ १५३ र प्रदेशसभा तर्फ ३१२ स्थानको नतिजा सार्वजनिक ।

प्रतिनिधिसभा तर्फ १५३ र प्रदेशसभा तर्फ ३१२ स्थानको नतिजा सार्वजनिक ।
कालिका,  मंसिर २५।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हालसम्मको प्रतिनिधिसभा तर्फ १ सय ६५ मध्ये १५३ र प्रदेशसभा तर्र्फ ३ सय ३० मध्ये ३१२ स्थानको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रोमा यथावत् छन् ।  
 
अन्तिम नतिजा सार्वजनिक हुँदा विजयीमध्ये प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार ७५ र माओवादी केन्द्रका  ३२ क्षेत्रमा विजयी भएका छन् ।नेपाली कांग्रेस २१ स्थानमा विजयी भएको छ । प्रतिनिधिसभा तर्फ एमाले ६ माओवादी केन्द्र ४ स्थानमा अगाडि छ । त्यस्तै अन्य दल २ स्थानमा अगाडि छन् । 
 
यस्तै प्रदेशसभातर्फ १६० क्षेत्रमा एमाले र ६९ क्षेत्रमा माओवादी केन्द्रले विजय हात पारेका छन् । नेपाली कांग्रेस ३८ र संघीय फोरम २२ राजपा नेपाल १५ स्थानमा विजयी भएका छन् । यसैगरी अन्य दलका र  स्वतन्त्र उमेदवारले ८ स्थानमा विजय हासिल गरेका छन् ।  हाल जारी मतगणनामा ८ स्थानमा एमाले, ५ स्थानमा माओवादी केन्द्र, २ स्थानमा कांंग्रेस अग्रस्थानमा छ । त्यस्तै प्रदेश सभातर्फ अन्य उमेद्वार ३ स्थानमा अगाडि छन् ।