निर्वाचन विशेष

प्रतिनिधिसभा तर्फ १४६ र प्रदेशसभा तर्फ २९० स्थानको नतिजा सार्वजनिक ।

प्रतिनिधिसभा तर्फ १४६ र प्रदेशसभा तर्फ २९० स्थानको नतिजा सार्वजनिक ।
कालिका,  मंसिर २५।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ ।
 
हालसम्मको प्रतिनिधिसभा तर्फ १ सय ६५ मध्ये १४६ र प्रदेशसभा तर्र्फ ३ सय ३० मध्ये २९०  स्थानको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रोमा यथावत् रहँदै आएका छन् ।  
 
अहिलेसम्मको अन्तिम नतिजा सार्वजनिक हुँदा विजयीमध्ये प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार ७३ र नेकपा माओवादी केन्द्रका  ३१ क्षेत्रमा विजयी भएका छन् ।
    
नेपाली कांग्रेस २० स्थानमा विजयी भएको छ । प्रतिनिधिसभा तर्फ एमाले ७ माओवादी केन्द्र ५ र नेपाली कांग्रेस १ स्थानमा अगाडि छ । त्यस्तै अन्य दल ६ स्थानमा अगाडि छन् । 
 
यस्तै प्रदेशसभातर्फ १५१ क्षेत्रमा एमाले र ६४ क्षेत्रमा माओवादी केन्द्रले विजय हात पारेका छन् । नेपाली कांग्रेस ३६ र संघीय फोरम २१ स्थानमा विजयी भएका छन् । यसैगरी अन्य दलका र  स्वतन्त्र उमेदवारले २० स्थानमा विजय हासिल गरेका छन् ।  हाल जारी मतगणनामा १४ स्थानमा एमाले, ९ स्थानमा माओवादी केन्द्र, ५ स्थानमा कांंग्रेस अग्रस्थानमा रहेको छ । त्यस्तै प्रदेश सभातर्फ अन्य दल १० स्थानमा अगाडि छन् ।