निर्वाचन विशेष

पश्चिम नवलपरासीमा कांग्रेसले खाता खोल्यो

प्रदेशसभामा कलवार बिजयी,हरि शर्मा,परासी, २४ मंसिर 
पश्चिम नवलपरासी क्षेत्र नं. २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार  बिजयी भएका छन् ।
 
राजपाका नगेन्द्र अग्रहरीलाई ४ हजार ७९ मत अन्तरले पराजितगर्दै कलवार बिजयी भएका हुन् । कलवारले १४ हजार ५ सय १५   मत पाएका छन् भने अग्रहरीले १० हजार ४ सय ३६  मत पाएका छन् । 
 ४७ हजार ४ सय ७१ मतदाता रहेको प्रदेशसभामा  ३७ हजार ४ सय ७१ मत खसेको थियो ।