निर्वाचन विशेष

प्रतिनिधिसभा तर्फ १०० र प्रदेशसभा तर्फ १९० स्थानको नतिजा सार्वजनिक ।

प्रतिनिधिसभा तर्फ १०० र प्रदेशसभा तर्फ १९० स्थानको नतिजा सार्वजनिक ।
कालिका,  मंसिर २३।
प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । हालसम्मको प्रतिनिधिसभा तर्फ १०० र प्रदेशसभा तर्फ १९० स्थानको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार एमाले पहिलो, माओवादी दोस्रो र कांग्रेस तेस्रो हुन सफल भएको छ ।
 
पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभा तर्फ १०० र प्रदेशसभा तर्फ १९० स्थानको अन्तिम नतिजा सार्वजनिक हुँदा विजयीमध्ये प्रतिनिधिसभा तर्फ एमालेका उम्मेदवार ५७ र नेकपा माओवादी केन्द्रका  २३ क्षेत्रमा विजयी भएका छन् ।
 
नेपाली कांग्रेस ११ स्थानमा विजयी भएको छ । प्रतिनिधिसभा तर्फ एमाले २३, माओवादी केन्द्र १२ र नेपाली कांग्रेस १२ स्थानमा अगाडि छ । त्यस्तै अन्य दल १६ स्थानमा अगाडि छन् । यस्तै प्रदेशसभातर्फ कम्युनिष्ट १५० स्थानमा विजयी भएको छ ।
 
जसमध्ये ९८ क्षेत्रमा एमाले र ५० क्षेत्रमा माओवादी केन्द्रले विजय हात पारेका छन् । नेपाली कांग्रेस २३ र अन्य १९ स्थानमा विजयी भएका छन् । प्रदेशसभातर्फ पनि एमालेले नै अग्रता बनाएको छ, ५९ स्थानमा एमाले, २३ स्थानमा माओवादी केन्द्र, १५ स्थानमा कांंग्रेस अग्रस्थानमा रहेको छ । त्यस्तै अन्य दल २१ स्थानमा अगाडि छन् ।