निर्वाचन विशेष

अबको अभियान विकास निर्माण र समृद्धिको अभियान ः योगेश भट्टराई

अबको अभियान विकास निर्माण र समृद्धिको अभियान ः योगेश भट्टराई
रविन भट्टराई÷ताप्लेजुङ ,मंसिर २४,
ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका नेकपा एमालेका सचिव तथा युवा नेता योगेश भट्टराईले अबको अभियान विकास निर्माण र समृद्धिको अभियान भएको बताउनुभएको छ । आईतबार प्रेश चौतारी र प्रेस सेन्टरले सदरमुकाममा आयोजना गरेको संयुक्त शुभकामना तथा पत्रकार संमेलनमा बोल्दै भट्टराईले चुनाव पछि राजनितिक कोर्ष बदलिएकाले अबको लक्ष विकास निर्माण र समृद्धि भएको बताउनुभएको हो । 
 
सबै राजनितक दल र नेताहरुको केन्द्रिय कार्य दिशा र कार्यभार पनि बदलिएकाले अबका दिनमा सबै जना विकास निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो । यस अघि विपक्षि दल सँग विभिन्न विषयमा प्रतिस्प्रधा भए पनि अब विकास र संमृद्धिकै प्रतिस्प्रधा हुने बताउँदै उहाँले नागरीकले पनि अन्य विषयलाई ध्यान नदिने बताउनुभयो । 
 
आफु ताप्लेजुङबाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी हुनुमा नागरीक र सञ्चारकर्मिको प्रमुख हात रहेको बताउँदै उहाँले जिल्लाको समग्र विकासमा कतिपनि कञ्जुस्याई गर्ने बचन दिनुभयो । जिल्लाका सबै राजनितिक दल, सञ्चारकर्मि, कर्मचारी, सुरक्षा निकाय र स्थानिय तहको जनप्रतिनिधि सँग आफु र प्रदेशसभा सदस्य बसेर जिल्लाको विकासका लागि योजना बनाउने र अबको पाँच वर्षमा ताप्लेजुङलाई नमुना जिल्ला बनाउने आफ्नो लक्ष रहेको भट्टराईको भनाई थियो । 
 
भट्टराईले भ्रष्टाचार मुक्त जिल्ला आफ्नु पहिलो प्राथमिकता भएकाले भ्रष्टाचार गर्ने र पैसा कमाउने मानसिकता बोकेका कर्मचारी लाई ताप्लेजुङ आउने सपना नदेख्न र भए मानसिकता परीवर्तन नगरे जागिर छाड्न चेतावनि समेत दिनुभयो । अबको राजनितिक भविश्य अलि फरक र एमाले सहित बाम गठबन्धका पाटिको परीक्षा पनि भएकाले यो अवसरलाई सदुपयोग गर्दै देश विकासमा अब बन्ने सरकार केन्द्रित रहने भट्टराईको भनाई छ । 
 
सडक सञ्जालले सदरमुकाम जेडेमात्र अन्य विकासले पनि गति लिने भएकाले अब बन्ने सरकारको पहिलो प्राथमिकता देशभरका सबै जिल्ला सदरमुकाम सम्म कालोपत्रे सहितको सडक पु¥याउने पनि रहेको एमाले सचिव समेत रहेका भट्टराईले उद्धघोष गर्नुभयो । सो सुभकामना तथा पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका भट्टराई सहित प्रदेश क बाट विजयी बलबहादुर साम्सोहाङ र ख बाट विजयी टंक आङ्बुहाङको समेत उपस्थिति रहेको थियो ।