निर्वाचन विशेष

पर्सा – २ क मा काँग्रेस विजयी

पर्सा – २ क मा काँग्रेस विजयी
पर्सा, २४ मंसिर,रासस
निर्वाचन क्षेत्र नं २ ९क०बाट नेपाली काँग्रेसका राजेश्वरप्रसाद साह तेली विजयी हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार १० हजार २५९ मत हासिल गरी तेली विजयी हुनुभएको हो । 
 
तेलीले आप्mना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रामनरेश यादवभन्दा १५० मत बढी ल्याई विजयी भएको पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।
 
तेलीका निकटतम प्रतिद्वन्दी यादवले १० हजार ७९ मत हासिल गर्नुभएको छ ।