निर्वाचन विशेष

धनुषा क्षेत्र नं ३क मा काँग्रेस विजयी

जनकपुरधाम, २४ मंसिर,रासस
प्रदेशसभा सदस्य धनुषा निर्वाचन क्षेत्र नं ३ ९क० बाट नेपाली काँगे्रसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ । 
 
मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार उहाँ १५ हजार ६८५ मत प्राप्त गरी विजयी हुनुभएको हो । 
 
उहाँका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार कवीन्द्रनाथ ठाकुरले १४ हजार ४७ मत प्राप्त गर्नुभएको छ ।