निर्वाचन विशेष

झापा –१ मा वाम गठबन्धनका कार्की विजयी

झापा –१ मा वाम गठबन्धनका कार्की विजयी
भद्रपुर, २४ मंसिर (रासस) 
प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले ३६ हजार १७३ मत ल्याई विजयी हुनुभएको छ । 
 
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गर्नुभएको छ । 
 
कूल ७५ हजार ९७० मत खसेको यो क्षेत्रमा दुई हजार ६६७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय भद्रपुरले जनाएको छ । 
 
यसैगरी क्षेत्र नं १, प्रदेशसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेदवार नै विजयी भएका छन् र 
 
प्रदेशसभा सदस्य ‘क’ मा नेकपा (एमाले)का श्रीप्रसाद मैनालीले २२ हजार ९७२ र ‘ख’ मा एमालेका गोपालचन्द्र बुढाथोकीले १७ हजार ८३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । 
 
मैनालीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका केशव पाण्डेले १७ हजार २४० र बुढाथोकीका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकै अशोक पोखरेलले नौ हजार ९७८ मत प्राप्त गर्नुभएको छ ।