निर्वाचन विशेष

धनुषा क्षेत्र नम्बर ३ बाट राजेन्द्र महतो विजयी।

धनुषा क्षेत्र नम्बर ३ बाट राजेन्द्र महतो विजयी।
काठमाडौँ , मसिंर २४।
धनुषा क्षेत्र नम्बर ३ बाट राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । 
 
 काँग्रेस नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय ३ मत अन्तरले पराजित गर्दै नेता महतो धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो । महतोले ३० हजार ७ सय ५० मत पाउनु भएको थियो भने उहाँका निकटतम प्रतिद्धन्द्धी काँग्रेस नेता निधिले २७ हजार ८ सय ४७ मत पाउनु भएको थियो ।
 
महतोले आफ्नो जितलाई मधेश आन्दोलनको जितको रुपमा लिएको प्रतिक्रिया दिनु भएको छ । उहाँले सांसदको रुपमा आफूले मधेशका जनताको मान, सम्मान र स्वभिमानका लागि लडाई लडने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । नेता महतोले ऐतिहासिक÷धार्मिक महत्वको जनकपुर नगरीको विकासमा लागि पर्ने पनि बताउनु भयो । नेता महतोले मधेशका जनताको माग अनुसार संविधान संशोधन गर्न बाम गठबन्धनसँग सहकार्य गरेर अघि बढने पनि बताउनु भयो