निर्वाचन विशेष

चितवन २ (क) मा बाम गठबन्धनका दाहाल निर्वाचित।

चितवन २ (क) मा बाम गठबन्धनका  दाहाल निर्वाचित।
कालिका ,मंसिर २४।
चितवन क्षेत्र नं. २ (क) बाट बाम गठबन्धनका उम्मेद्वार घनश्याम दाहाल “अविनाश” निर्वाचित हुनुभएको छ । 
 
उहाँले नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहनुभएक जितनारायण श्रेष्ठलाई पराजित गर्नुभएको हो । 
 
अविनाशले २० हजार ३ सय ८१ मत प्राप्त गर्नुभएको छ भने श्रेष्ठले १५ हजार ६ सय ६३ मत प्राप्त गर्नुभयो ।