निर्वाचन विशेष

लमजुङमा प्रत्यक्ष तर्फका सबै सिट बाम गठबन्धनको हातमा

लमजुङमा प्रत्यक्ष तर्फका सबै सिट बाम गठबन्धनको हातमा
निरज अधिकारी
२३ मंङसिर, बेसीशहर ।
लमजुङ जिल्लामा प्रतिनिधी सभा र प्रदेश सभातर्फको सबै सिटमा वाम गठबन्धन विजयी बन्न सफल भएको छ । प्रतिनिधीसभा सभा तर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको लमजुङमा ठूलो मतान्तरले गठबन्धन विजयी भएको हो ।
लमजुङ प्रतिनिधी सभाका लागि बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओबादी केन्द्रका नेता देव प्रसाद गुरुङ विजयी बने । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका दिलबहादुर घर्तीलार्ई ८ हजार ४०१ मतले पराजित गर्दै गुरुङ विजयी बनेका हुन् । गुरुङले ३९ हजार चारसय ६८ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्दी घर्तीले ३१ हजार ६७ मत पाए । 
कुल १ लाख १५ हजार ४४९ मत रहेको लमजुङमा ७७ हजार १६५ मत खसेको थियो भने २ हजार ५८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिए । 
यस्तै लमजुङ प्रदेश सभा “क” मा बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका धनञ्जय दवाडी विजयी बने । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका गर्जबहादुर गुरुङलाई ६ हजार ४१२ मतले पराजित गर्दै दवाडी विजयी बनेका हुन् ।
एमाले जिल्ला अध्यक्ष समेत रहेका दवाडीले २० हजार २६५ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्दी गुरुङले १३ हजार ८५३ मत पाए ।५४ हजार ८९७ मतदाता रहेको प्रदेशसभा “क” मा ३६ हजार ८७१ मत खसेको थियो भने, १ हजार ४७४ मत बदर भएको थियो । 
 
यसैगरी, लमजुङ प्रदेश सभा “ख” का लागि बाम गठबन्धनबाट उम्मेदवार बनेका पृथ्वीसुव्वा गुरुङ विजयी बने । निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका कृष्ण कोईरालालाई ७ हजार ९८६ मतले पराजित गर्दै गुरुङ विजयी बने । 
नेकपा एमाले केन्द्रिय सचिव एवं संगठन विभाग प्रमूख समेत रहेका गुरुङले २३ हजार ८८ मत प्राप्त गरे । निकटतम प्रतिद्धन्दी कोईरालाले १५ हजार १०२ मत पाए । गुरुङ प्रदेश नम्वर ४ का मुख्यमन्त्रीका दावेदार हुन् । ७ औँ पटक चुनावी मैदानमा उत्रनुभएका गुरुङको यो दोश्रो जित हो । ६० हजार ५५२ मत रहेको प्रदेशसभा “ख” मा ४० हजार ३२५ मत खसेको थियो भने ८७८ मत बदर भएको थियो ।