निर्वाचन विशेष

ताप्लेजुङमा बाम गठबन्धनको विशाल विजय ¥याली, उम्मेदवारलाई जोगाउनै धाउ धाउ

ताप्लेजुङमा बाम गठबन्धनको विशाल विजय ¥याली, उम्मेदवारलाई जोगाउनै धाउ धाउ
 
रविन भट्टराई÷ताप्लेजुङ 
मंसिर २३,
नेकपा एमालेका युवा नेता तथा केन्द्रिय सदस्य योगेश भट्टराई प्रतिनिधि सभाको लागि ताप्लेजुङबाट सांसद निर्वाचित भएपछि सदरमुकाम फुङ्लिङमा विशाल ¥याली निकालिएको छ । नेकपा एमाले र नेकपा माओवादि केन्द्रले संयुक्त रुपमा निकालेको बाम विजय ¥यालीमा हजारौ कार्यकर्ता र स्थानियको उपस्थिति रहेको थियो । सानो सडक र बजार विचको बाटोबाट ¥याली निकाल्नु पर्ने र बजार परीक्रमा गर्नुपर्दा हजारौको भिडमा बाम गठबन्धनबाट विजयी उम्मेदवारलाई जोगाउनै मुस्किल परेको थियो । प्रतिनिधिसभा तर्फ विजयी एमालेका योगेश भट्टराई, प्रदेशसभा तर्फ क र ख क्षेत्रका विजयी उम्मेदवार बलबहादुर साम्सोहाङ र टंक आङ्बुहाङलाई कार्यकर्ताले च्यापेर ¥यालीमा हिडाएका थिए । साम्सोहाङ एमाले र आङ्बुहाङ माओवादि केन्द्रबाट विजयी बनेका हुन । प्रतिनिधिसभा तर्फ योगेश भट्टराईले नेपाली काँग्रेशका केशव प्रसाद दाहाललाई पराजित गरेका हुन । भट्टराईले २९ हजार ४७९ मत ल्याएका थिए भने प्रतिश्प्रधि दाहालले १६ हजार ८८८ मत प्राप्त गरेका थिए । विजय ¥याली अघि मुख्य निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवारलाई एक औपचारीक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र प्रदान गरेको थियो ।