निर्वाचन विशेष

एमाले सचिव गुरुङ लमजुङ प्रदेश ‘ख’ मा बिजयी

एमाले सचिव गुरुङ लमजुङ प्रदेश ‘ख’ मा बिजयी
निरज अधिकारी लमजुङ 
नेकपा एमालेका सचिव समेत रहेका संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ लमजुङ प्रदेश ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । आफना प्रतिद्धन्द्धी नेपाली कांग्रेस लमजुङका निवर्तमान सभापति कृष्णप्रसाद कोईरालालाई ७ हजार ९८६ मतको फराकिलो मत अन्तरले पराजीत गर्दै गुरुङ निर्वाचित भएका हुन् । गुरुङले २३ हजार ८८ मत प्राप्त गरे । प्रतिद्धन्द्धी कोईरालाले भने १५ हजार १०२ मत पाए । प्रदेश सभा ‘ख’ मा कुल ४० हजार ३८५ मत खसेको थियो । जस्मा ३९ हजार ४४७ मत सदर भएको छ भने, ८७८ मत बदर भएको छ । विजयीको औपचारीक घोषणा हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आचार्यले जानकारी दिए । निर्वाचित भएका गुरुङलाई प्रदेश नं। ४ को भावि मुख्यमन्त्रीको रुपमा पनि हेरिएको छ । गुरुङ पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री समेत हुन् ।