निर्वाचन विशेष

ताप्लेजुङमा प्रदेशसभा (ख) मा माओवादि केन्द्रका टंक आङ्बुहाङ विजयी

ताप्लेजुङमा प्रदेशसभा (ख) मा माओवादि केन्द्रका टंक आङ्बुहाङ विजयी
रविन भट्टराई÷ताप्लेजुङ
मंसिर २३,
ताप्लेजुङको प्रदेशसभा ख मा बामगठबन्धन तर्फका नेकपा माओवादि केन्द्रका टंक आङ्बुहाङ विजयी हुनुभएको छ ।
 
उहाँ निकटतम प्रतिस्प्रधि नेपाली काँग्रेशका दिपेन्द्र कुमार सेन्दाङ्लाई ४ हजार ६ सय ११ मतले पराजित गर्दै विजयी बन्नुभएको हो । विजयि टंक आङ्बुहाङ ले १२ हजार १ सय ९८ मत प्राप्त गर्नुभएको छ भने पराजित नेपाली काँग्रेशका दिपेन्द्र कुमार सेन्दाङले ७ हजार ५ हजार ८७ मत प्राप्त गर्नुभयो छ ।
 
विजयी आङ्बुहाङ यस अघि ६३ सालमा माओवादि केन्द्रका तर्फबाट अन्तरिम विधायक रहनुभएको थियो भने त्यस पछि भएका दुईवटा संविधानसभाको निर्वाचनमा भने पराजित हुनुभएका थियो ।
 
यस्तै अन्य राजनितिक दलहरुमा संघिय समाजबादि फोरम, सुकविर लिम्बुको २३८, राप्रपा राष्टबादिकी सपना सामेखामको ८३, राष्टिय जनमुक्ति पाटिका यामकुमार लिम्बुको २२२, नयाँशक्ति पाटिका विसाल लिम्बुको १०६, नेकपा माले जनसमाजबादिका कृष्ण बहादुर लिम्बुको ३६१, र संघिय लोकतान्त्रिक राष्टिय मञ्चका संघिय लिम्बुवान मञ्च मुक्साम लाबुङको ६९६ मत रहेको छ । ताप्लेजुङको क्षेत्र नंबर ख मा २२ हजार ७ सय २७ मत खसेको थियो ।