निर्वाचन विशेष

बागलुङ–२ मा माओवादी केन्द्र विजयी

बागलुङ–२ मा माओवादी केन्द्र विजयी
बागलुङ, २३ मंसिर (रासस) 
प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेलले विजय हासिल गर्नुभएको छ । 
 
वाम गठबन्धनका पौडेलले २८ हजार ८०७ र उहाँका निकट प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नीरज पुनले १९ हजार ९०५ मत ल्याउनुभएको छ । 
 
नयाँ शक्ति पार्टीबाट विद्रोह गरी माओवादी केन्द्रमा प्रवेश गरेको दुई महिना नबित्दै प्रतिनिधिसभा सदस्यको टिकट पाउनुभएका पौडेलले पूर्वसांसदसमेत रहनुभएका पुनलाई पराजित गर्नुभएको हो ।