प्रभास

पहिरोले मृत्यु

पहिरोले मृत्यु
मेलम्ची, १५ असोज ।
अविरल वर्षाका कारण गए राति २ बजे पहिरो जाँदा राम्चे–६ मा केही टहराभन्दा माथिबाट पहिरो खस्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 
 
सिन्धुपाञ्चोक राम्चे–६ पुरानोगाउँ भन्ने स्थानमा पहिरो जाँदा तीन टहरा पुरिएका हुन् । पहिरामा परी चन्द्रकान्त तिमिल्सेनाका जेठा छोरा रामकुमारको मृत्यु भएको छ भने कान्छा छोरा उद्धव र छोरी सम्झना अझै बेपत्ता छन् । 
 
पहिराले पुरिएका चन्द्रकान्त र उनकी जेठी बुहारी मुस्किलले बाँच्च सफल भएका छन् । उनीहरु घाइते भएकाले अहिले बाह्रबिसे उपस्वास्थ्य केन्द्रमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् । रासस