प्रभास

ट्याक्सीको ठक्कर बाट मलेसियामा एक नेपाली यूवकको मृत्यु

जितेन्द्र भण्डारी÷पाँचथर,भदौ २६,
मलेसियाको जोरभारुमा सवारी दुर्घटनामा परेर  शनिबार राती एक नेपाली युवकको मृत्यु भएको छ ।
 
मृत्यु हुनेमा पाँचथर मेमेङ ५ का २४ वर्षिय विक्रम राई रहेका छन् । उनी काम गरेर कोठा फर्कने क्रममा उनको ट्याक्सीको ठक्कर बाट मृत्यु भएको उनका साथी सोमनाथ सुवेदीले जानकारी दिनुभयो ।
 
उनको चाँडो शव नेपाल ल्याउने सहज प्रक्रिया बनाईदिन परिवारजनले राजदूतावास सित आग्रह गरेका छन् । ५ वर्ष अघि नै वैदेशिक रोजगारीमा गएका उनी आउँदो अक्टोबर १ तारिकमा नेपाल आउने तयारीमा थिए ।