प्रभास

खोलामा एक युवक बेपत्ता

खोलामा एक युवक बेपत्ता
तिलोत्तमा (रुपन्देही), २९ जेठ ।
गर्मी छल्न बुटवलको तिनाउखोलामा पसेका एक जना युवा बेपत्ता भएका छन् । पौडी खेल्न गएका अन्य दुई जना भने सकुशल भेटिएका छन् । 
 
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी महेन्द्र खड्का अनुसार करिब आज १ बजेतिर बुटवल–५ को सिद्धबाबा मन्दिर नजिकको तिनाउ खोलामा पसेका पाल्पा कसेनी–५ स्थायी घर भएका १६ वर्षीय तारासिंह राना बेपत्ता भएका छन् । उनीसँगै १९ वर्षीय दाजु मोहनसिंह राना र ३१ वर्षीय भिनाजु चुराबहादुर गाहा पौडी खेल्न खोलामा पेसेका थिए । 
 
भिनाजु चुराबहादुरले पौडी खोलामा पस्नासाथ दुइभाइ नै बेपत्ता भएपछि आफूले मोहनलाई बाहिर झिकेका थिए तर तारालाई निकाल्न नसकेको बताए । 
 
इलाका प्रहरी कार्यालय बुटवलले उनलाई बगाएको आशङ्कामा तिनाउ नदीको सबैतिर खोजीकार्य तीव्र पारेको छ । रासस