प्रभास

मजदुरी गर्दागर्दै भारतमा मृत्यु

जाजरकोट, २१ जेठ ।
यहाँको खगेनकोट गाविस–६ का २७ वर्षीय हरिबहादुर नेपालीको मृत्यु भएको छ । बिहीबार दिउँसो सडकको काम गर्दैगर्दा एक्कासि कामको चापले पेट दुखेपछि बिरामी भएका थिए । बिरामीलाई उपचारका लागि कुरदारस्थित अस्पतालमा भर्ना गरी उपचार गर्दागर्दै रगत उल्टी गरी करिब ४ बजे मृत्यु भएको हरिबहादुरको साथमा रहेका जनक नेपालीले बताउनुभयो । 
 
हरिबहादुर चैत २३ गते भारत गएका थिए । उनका दुई छोरी, एक श्रीमती र आमा रहेका छन् । कमाई गरी घर फर्कने तयारी गरेको एक हप्ताभित्र हरिको मृत्युले सिङ्गो गाउँ शोकमा डुबेको छ । कमाई गरेर सबै परिवारलाई पाल्ने उनकै जिम्मा थियो । रासस