देश

पुनः निर्माणमा रकम सहयोग

पुनः निर्माणमा रकम सहयोग
निरज अधिकारी ।
लमजुङ–लमजुङ्को राईनासकोटमा १७ घर पुनः निर्माण हुँदैछ । भूकम्पले क्षतविक्षत बनाएको १५ घर सहित एक पर्यटन सुचना केन्द्र र आमा समूहको भवन निर्माण गर्न लागीएको हो । सो पुनः निर्माण कार्यमा विभिन्न व्यत्तिहरुले आर्थिक सहयोग र श्रमदान गरेका छन् । भाचोक–४, कास्की घर भई हाल न्युओर्क अमेरिकामा कार्यरत इन्द्र कुमारी गुरुङ्ले सो पुनः निर्माणमा १ लाख ३ हजार रुपैँया सहयोग गरेकी छन् ।
 
नेपालमा  भूकम्पले पुर्याएको क्षतिमा सहयोग गर्नका आफनो नेतृत्वमा आफु कार्यरत संस्थाका ग्राहकहरु माफर्त उठाएको उत्त रकम राईनासकोट पुनः निर्माणलाई सहयोग गरेको उनले बताइन् ।गुरुङ्ले उत्त सहयोग रकम राईनासकोट पुगेर बिहिबार राईनासकोट पुनः निर्माण समितिका अध्यक्ष विष्णु गुरुङ्लाई हस्तान्तरण गरेकी हुन् । ५ ओटा घर पुनः निर्माण सम्पन्न भईसकेको पुनः निर्माण समितिका अध्यक्ष विष्णु गुरुङ्ले बताइन् ।
 
पुनः निर्माणका लागी न्युर्कबाट नतासा ओज नायकको नेतृत्वमा सहयोग रकम संकलन जारी रहेको समेत उनले जानकारी दिइन् । राईनासकोटमा पानी अभावका कारण पुनः निर्माण कार्य प्रभावित भएको छ । पानी अभाव हुँदा १६ किलोमिटर टाढा इलमपोखरीबाट पानी ल्याएर काम गर्नुपर्ने अवस्था रहेको स्थानियको गुनासो छ । घर पुन ः निर्माणमा ६० प्रतिशत सहयोग रहेपनि ४० प्रतिशत खर्च भने घरधनी आफैले व्यहोनुपर्ने प्रावधान रहेकोे छ ।