प्रभास

कुवेतमा मानसीक अवस्था कमजोर रहेकी शान्तिका परीवारकोे खोजी

कुवेतमा मानसीक अवस्था कमजोर रहेकी शान्तिका परीवारकोे खोजी
कालिका, जेठ, १४।
कुवेत जाहर कुवेतवाहामा कामदारको रुपमा रहेकी नेपाली महिला कृष्ण कुमारी गुरुङ्गले आफ्नो साथी शान्ति तामाङ्गको परीवारको खोजी गरेका छन् । बिगत ४ वर्ष देखी कुवेतमा घरेलु कामदारकोे रुपमा रहेकी शान्ति लामाको मानसीक अवस्था केही कमजोर भएका कारण आफ्ना परीवार र आफन्तको पहिचान समेत भुलेकाले गुरुङ्गले लामाको परीवारको खोजी गरेका हुन् । 
 
लामा कुवेतमा कामदार हुने वेला पहिलेको घर वेटीले गरेको शारीरीक र मानसीक हिंसाका कारण उनको मानसीक अवस्था कमजोर रहेको गुरुङ्गले कालिका एफएमलाई जानकारी दिए । बिगत ७ महिना देखी आफुसँग भेट भएका लामाको मानसीक अवस्था कमजोर रहेको र ठेगाना सोध्दा पनि कहिले झापा र कहिले काडमाण्डौंको पशुपती भन्ने गरेको गुरुङ्गले बताए ।
 
लामाको पासपोर्ट लगाएत कागजपत्र पनि सबै पहिलेको साहुले नदिएकाले गुरुङ्गले लामाको परिवारको पहिचान गर्न नसकेको गुनासो गर्नुभयो । बिगत ७ महिना देखी आफुले काम गर्ने परीवारको नातीनीको घरमा काम गरेर सुरक्षित रहे पनि हाल सम्म लामाले आफ्नो ठेगाना आफन्तको नाम बताउन नसकेकाले नोपल पर्काउन समेत गाह्रो भएको जानकारी दिए ।
 
गुरुङ्गका अनुसार लामाको श्रीमानले अर्कै बिवाह गरेको र उनले एक छोरा र एक छोरी रहेको बताएको पनि जनाए । लामाले बाबाको नाम राजु तामाङ्ग र दाईको नाम अशोक तामाङ्ग रहेको समेत बताएका थिए ।