प्रभास

कतारमा गाडी दुर्घटनामा मुत्यु

कतार, २ जेठ । रोजगारीका क्रममा सात वर्षदेखि कतारमा कार्यरत पुर्कोट–३ तनहँुका धुव्र अधिकारीको शनिबार अपराह्न सवारी दुर्घटनामा मुत्यु भएको छ । 

चालक पेसामा कार्यरत अधिकारी कतारमा तनहँु सेवा समाज पुर्कोट समाज लगायत सामाजिक सङ्घसंस्थामा समेत आबद्ध भई सक्रिय रहँदै आएका थिए । 

शव नेपाल पठाउन पहल भइरहेको तनहँु समाजका सल्लाहकार कृष्ण पाण्डेले जानकारी दिनुभयो । अहिले शव हमाद अस्पातालमा छ । रासस