प्रभास

सरकारले जनचाहना अनुरूप काम नगरेको आरोप

सरकारले जनचाहना अनुरूप काम नगरेको आरोप
वासिङ्टन डिसी, २ जेठ । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य डा प्रकाशशरण महतले सरकारले संविधान कार्यान्वयन, मधेसका मागमा उदासीनता र जनताको चाहना अनुरूप पुनःनिर्माणमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । अमेरिका भ्रमणमा रहनुभएका डा महतले आज रासससँग कुरा गर्दै सरकारको विकल्प खोज्नु स्वाभाविक भएको बताउनुभयो । 
 
डा महतले काँंग्रेसले आगामी वर्ष आयोजना गरिने महासमितिको बैठकबाट पार्टी साङ्गठनिक संरचनाको सुधारमा जाने बताउनुभयो । उहाँ अमेरिकामा रहेका कांँग्रेस समर्थित जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा समेत सहभागी हुनुभएको छ । रासस