प्रभास

यस्तो छ मलेसियाको लक्ष्य

यस्तो छ मलेसियाको लक्ष्य
सुदीप निउरे , क्वालालम्पुर
 
मलेसियाले दैनिक १ हजार ५ सय अबैधानिक आप्रवासी कामदारलाई पक्राउ गर्ने लक्ष्य लिएको छ । जस अन्र्तगत अहिले पक्राउ अभियान ब्यापकरुपमा चलाई रहेको छ । 
 
पक्राउ परेकालाई सोझै घरफिर्ती केन्द्रमा पठाईने मलेसिया अध्यागमन बिभागका नवनियुक्त निर्देशक शकिब कुश्मीले बताए । मलेसिया सरकारको यस धरपकड अभियानले अबैधानिक आप्रवासी कामदार घर फर्किने या बैधानिक भएर बस्ने, भन्ने कुराको मार्ग तय गर्ने निर्देशक शकिबले स्पष्ट पारे ।   सरकारले पुन पक्रियामा आउन अबसर दिएकाले यस प्रक्रियामा नआउनेहरु धरपकड पछि सम्बन्धित मुलुक फर्किनुको बिकल्प नहुने निर्देशक शकिबलाई उध्रित गर्दै फ्रिमलेसिया टुडेले खबर छापेको छ । 
 
निर्देशक शकिबले ५ लाख अबैधानिक कामदार यसैबर्ष बैधानिक बन्ने पनि बिश्वास ब्यक्त गरे । मलेसिया सरकारले अबैधानिक आप्रवासीलाई धरपकड पनि गर्ने र बैधानिक बन्ने अबसर पनि संगसंगै दिने गर्दा यस्ले थप अन्यौलता पैदा गरीदिएको छ ।   अबैधानिक कामदार कुनै एकजना रोजगारदाताको साथमा प्रक्रियामा जानुपर्ने हुन्छ । सरकारले अबैधानिक आप्रवासी कामदार माथीको धरपकड जारी राख्दा प्रक्रियामा लैजान रोजगारदाताले समेत आट गर्न नसकेको देखिन्छ । अबैधानिक कामदारलाई आफ्नो बैधाकिन कामदार बनाउन तयारी अबस्थामा बसेका रोजगारदाताहरु पनि सरकारको निती पर्ख र हेरको सिद्धन्तमा बसेका छन् ।