प्रभास

अरब गएको दुई हप्तामै मृत्यु

परासी, ८ माघ ।
पैसा कमाउन साउदी अरब गएका एक नेपाली युवकको अरब गएको दुई हप्तामै मृत्यु भएको छ । 
 
तनहुँ कोटा– १ घर भएका २९ वर्षीय पदमबहादुर गुरुङको साउदी अरबमै गएको दुई सातामा मृत्यु भएको नवलपरासीको कावासोतीस्थित सुरक्षित आप्रवासन केन्द्रले जनाएको छ । परिवारका सदस्यहरुको आग्रहमा गुरुङको शव नेपाल ल्याउने पहल भइरहेको केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले जानकारी दिनुभयो । 
 
नेपाली दूतावासले पनि गुरुङको मृत्यु भएको खबर पाएको र थप बुझेर शव नेपाल फर्काउने पहल भइरहेको उहाँले बताउनुभयो । 
 
गुरुङका मिलिनियम म्यानपावर काठमाडौँबाट यही पुस ११ गते साउदी गएका थिए । काम गर्दागर्दै यही पुस २४ गते उनको मृत्यु भएको हो । गुरुङ अल्यामा नामक कम्पनीमा काम गर्दथे । पदमबहादुरका एक छोरा र एक छोरी छन् । रासस