प्रभास

बाघको आक्रमणमा परी घाइते भएकी महिलाको मृत्यु

कञ्चनपुर, २४ पुस ।
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–४ खत्री टोलकी बाघको आक्रमणमा परी गम्भीर घाइते भएकी कालीदेवी खत्रीको उपचारका क्रममा मृत्यु भएको छ । 
 
भारतको बरेलीस्थित अस्पतालमा भर्ना गरिएकी खत्रीको गएराति मृत्यु भएको स्थानीयवासी निर्मल गिरीले जानकारी दिनुभयो । शुक्लाफाँटा वन्यजन्तु आरक्षको पिपरैया क्षेत्रमा यही पुस १ गते बाख्रा चराउन गएको बेला उनलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो ।
 
आहाराको खोजीमा निस्केको बाघले खत्रीको मुखको पूरै छाला झिकेको अवस्थामा फेला पारी स्थानीय बासिन्दाले अस्पतालमा उपचारार्थ भर्ना गराएका थिए । रासस