प्रभास

मलेसियामा ११ महिनाभित्र ४ सय २५ जना नेपालीको मृत्यु , गतबर्ष भन्दा ६४ जना बढी

सुदिप निउरे,क्वालालम्पुर
 
मलेसियामा यस बर्ष मात्रै ४ सय २५ जना नेपाली कामदारले ज्यान गुमाएका छन् । कम्पनि भित्र हुने घटना, सडक दुर्घटना , आकस्मिक मृत्यु  जस्ता कारणबाट उनीहरुले ज्यान गुमाएका हुन ।
 
गत बर्षको तुलनामा यो ११ महिनाको अबधि भित्र  ६४ जना बढीले ज्यान गुमाई सकेको मलेसियास्थित नेपाली राजदुताबासमा  आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ । गतबर्ष ३ सय ६१ जना नेपालीले बिभिन्न कारणबाट यहां ज्यान गुमाएका थिए ।
 
रोजगारीका लागी मलेसिया आएका अधिकांश नेपालीको सुतेको अबस्थामै ज्यान जाने गरेको भेटीन्छ । शकुसल सुतेको ब्यत्ती भोलीपल्ट मृत अबस्थामा भेटीनु सबैको चिन्ताको बिषय बनेको छ । मलेसियामा कार्यरत नेपाली डाक्टर श्रीराम उपाध्यायका अनुसार कडा परिश्रम पछि प्रसस्त मात्रामा शरीरले आराम नपाउने , कमशल खालका मदिरा धेरै पिउने , पानी नपिउने र प्रयाप्त हावा खेल्ने बासस्थान नहुदा यस्ता अप्रत्यासीत मृत्यु  हुने बताए । 
 
गतबर्षको तुलनामा यसबर्षको मृत्युदर बढेपछि मलेसियास्थित नेपाली राजदुवासले यस प्रति चासो ब्यक्त गर्दै खानपानमा बिचार पुऱ्याउन सबै नेपालीसंग आग्रह गरेको छ । 
 
मलेसियाका लागी नेपाली राजदुत डाक्टर निरंन्जनमान सिंह बस्न्यातले कडा मेहनत पछि आरामको जरुरत भएकाले आराम तथा समय मिलाएर ब्यायाम गर्न सबै नेपालीलाई सुझाब दिए । डाक्टर बस्न्यातले अकालमा हुने मृत्युबाट बचाउन नेपालीका लागी मलेसियाका बिभिन्न ठाउंमा सचेतना गोष्टी गरिने पनि बताए ।
 
मलेसियाका कतिपय कम्पनिहरु कामदारको स्वास्थ्य प्रति उदासिन छन । कतिपय बिरामी अबस्थामा भएका नेपाली बास्तबिक समस्या स्वास्थ्य कर्मिलाई बताउन नसक्दा भाषाकै कारण पनि उपचार पाउन नसकेको अबस्था छ ।